मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मस्कले टेस्ला स्मार्टफोन बनाउन लागेका हुन् ? के हो वास्तविकता ?

काठमाडौँ- अहिले सामाजिक सञ्जालमा इलोन मस्कको स्वामित्वमा रहेको अमेरिकी कम्पनी टेस्लाले नयाँ स्मार्टफोन सार्वजनिक गर्न लागेको चर्चा चलिरहेको छ ।

सामाजिक सञ्जालमा फैलिएको सूचनाअनुसार मस्कले आउँदो डिसेम्बर महिनामा ‘टेस्ला पाई’ नाम दिइएको स्मार्टफोन सार्वजनिक गर्न लागेका छन् ।

कतिपयले त यो फोनको मूल्य तोक्न समेत भ्याएका छन् । केही पोस्टहरुमा यो फोन सूर्यको किरणबाट आफैँ चार्ज हुने र स्टारलिंकका माध्यमबाट जतासुकै इन्टरनेट चलाउन सकिने दाबी गरिएको छ ।

अझ केही प्रयोगकर्ताले त फोनको तस्बिरसमेत सार्वजनिक गरेका छन् । हुन त टेस्ला नामक स्मार्टफोनको ब्राण्ड पनि स्थापित छ । तर, उक्त ब्राण्डको साइनो अमेरिकी अर्बपति मस्कसँग कहीँ कतै छैन ।

अवश्य पनि टेस्ला कम्पनीले चाहेको खण्डमा स्मार्टफोन उत्पादन गर्न सक्छ । उक्त कम्पनीसँग पुँजी र प्रविधिको कुनै कमी छैन । तर, टेस्लाले तत्कालै कुनै स्मार्टफोन उत्पादन गर्ने कुनै योजना नरहेको मस्क बताउँछन् ।

यसै महिना अमेरिकी पडकास्टर जो रोगनसँगको कुराकानीका क्रममा मस्कले यसबारे स्पष्ट पारेका छन् । उनले रोगनसँग भनेका छन्, ‘टेस्ला एण्ड्रोइड र आईफोनबाहेक नयाँ फोन बनाउन अरु कम्पनीभन्दा राम्रो अवस्थामा छ । तर हामी यसो गर्न चाहँदैनौँ ।’

तर, उनले आफ्नो कम्पनीले कहिल्यै फोन नबनाउने दाबी भने गरेनन् । उनले भनेका छन्, ‘यदी एप्पल र गुगल वा एण्ड्रोइडले विभिन्न एपको सेन्सरसिप वा नराम्रो हिसाबले वैचारिक चौकिदारी गर्न थाले भने मेरो विचारमा हामी फोन बनाउछौँ होला ।’

गत अक्टोबरमा डोनाल्ड ट्रम्पको राजनीतिक अभियानका क्रममा आयोजित सभामा पनि उनले स्मार्टफोन बनाउने आफ्नो तत्काल कुनै योजना नरहेको स्पष्ट पारेका थिए । उनले भनेका थिए, ‘फोन बनाउने विचार सुन्दा मलाई मर्न मन लाग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?