काठमाडौँ- अल्लु अर्जुनको फिल्म ‘पुष्पा’ बाट चर्चामा आएका टलिउड अभिनेता श्रीतेजमाथि एक महिलाले विवाहको बहानामा शारीरिक तथा आर्थिक शोषण गरेको आरोप लगाएकी छन् ।
ती पीडित महिलाको उजुरीको आधारमा हैदरावादको कुकटपल्ली पुलिस स्टेशनमा अभिनेताविरुद्ध मुद्दा दर्ता गरिएको छ । साथै यस विषयमा अनुसन्धान भइरहेको छ । इन्डिया टुडेका अनुसार ती महिलाले नोभेम्बर २५ मा हैदराबादको कुकटपल्ली पुलिस स्टेशनमा उजुरी दिएकी थिइन् ।
अर्चना नामकी महिलासँग पहिलेदेखि नै श्रीतेजले सम्बन्ध राख्न दबाब दिएको आरोप लागेको छ । यति मात्र होइन, अभिनेताले झुटो बोलेर २० लाख रुपैयाँ पनि लिएको पीडितले बताइन् ।
उनलाई मानसिक र आर्थिक रुपमा समेत दुर्व्यवहार गरिएको थियो । पीडितले गत अप्रिलमा पनि श्रीतेजविरुद्ध उजुरी दिएकी थिइन् । तर त्यसबेला अभिनेताका परिवारले सबै समस्या छिट्टै समाधान हुने आश्वासन दिएकाले उनले आफ्नो गुनासो फिर्ता लिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया