मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

च्याम्पियन्स लिगमा एसी मिलानद्वारा स्लोभान ब्राटिस्लाभा पराजित

काठमाडौँ- यस सिजनको युरोपेली च्याम्पियन्स लिगमा इटालियन क्लब एसी मिलानले लगातार तेस्रो जित हात पारेको छ। एसी मिलानले मंगलबार राति भएको खेलमा स्लोभान ब्राटिस्लाभालाई ३-२ ले हराएको हो ।

२० मिनेट बाँकी रहँदा डेभिड स्ट्रेलेकले मिस पास गरेपछि त्यसै बल लगेर इङ्लिस स्ट्राइकर टेमी अब्राहमले विपक्षी गोलरक्षक डोमिनिक टाकाकलाई पार गरे। यसअघि अब्राहमकै पासमा क्रिस्चीयन पुलिसिकले २१ औं मिनेटमा नै भ्रमणकारी इटालियन शक्तिलाई अग्रता दिलाएका थिए।

त्यसको तीन मिनेटपछि स्लोभानका लागि टिग्रान बार्सेघ्यानले गोल गरे। ६८ औं मिनेटमा राफेल लियोले मिलानका लागि अर्को गोल गरे। त्यसको ३ मिनेटपछि नै अब्राहमले गोल गरेका हुन्। खेल सकिन दुई मिनेट बाँकी रहँदा निनाको मासेलीले स्लोभानका लागि अर्को गोल गरे। अन्तिम मिनेटमा स्लोभानका मार्को टोलिकले रातो कार्ड पाए।

सुरुवाती दुई खेलमा लिभरपुल र लिभरकुसेनसँग हारको सामना गरेको मिलानले त्यसपछि रियल म्याड्रिड र क्लब ब्रुगलाई हराएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?