काठमाडौँ– लामो समयदेखि सिने क्षेत्रबाट टाढा रहेकी करिश्मा श्रेष्ठ फेरि चर्चामा आएकी छिन् ।
एक पडकास्टमा करिश्माले आफ्नो प्रेमसम्बन्धको अन्तरङ्ग कुराकानी गरेपछि उनी चर्चामा छिन् । उनले बोलेको क्लिपहरु अहिले सामाजिक सञ्जालहरुमा देखिन्छ । जुन कुरालाई आम मानिसले पूर्व प्रेमी सलोन बस्नेतसँग जोडेका छन् ।
यसबारे स्वयं करिश्माले टिकटकमार्फत आफूले बोलेको कुरा सलोनलाई तोकेर नभनिएको दाबी गरेकी छिन् । यही कुराले आफूलाई समेत आम मानिसहरुले सोधेरे हैरान पारेको श्रीमती करिश्मा केसीले बताएकी छिन् ।
करिश्माले लामो समयपछि ‘मायावी’बाट फिल्ममा कमब्याक गर्न लागेकी छिन् । ‘एउटा साथी’बाट रजतपटमा डेब्यु गरेकी करिश्माले यसअघि ‘लभ सब’ र ‘बाबु कान्छा’मा अभिनय गरेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया