मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सोल्टी होटलको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौँ- सोल्टी होटलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । सोल्टीले गत वर्षको नाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र कर सहित २६.८४ प्रतिशत नगद (कुल ३६.८४ प्रतिशत) लाभांश वितरण गर्दैछ ।

उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस ४ गते साधारण सभा बोलाएको छ । सभा, नेपाल प्रज्ञा भवन, कमलादी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । यस कम्पनीले सभा प्रयोजनार्थ मंसिर १३ गते बुक क्लोज गर्दैछ ।

तसर्थ, आज मंसिर १२ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?