मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अमेरिकाले फिर्ता गर्‍यो भारतका १४ सय कलाकृति, मूल्य १० मिलियन डलरभन्दा धेरै

काठमाडौँ- अमेरिकाले दक्षिण र दक्षिणपूर्वी एसियाली मुलुकबाट चोरी भएको कला फिर्ता गर्ने सिलसिला जारी छ । जसअनुसार अमेरिकाले भारतबाट लुटिएका १० मिलियन डलर मूल्यका १४०० भन्दा बढी कलाकृति फिर्ता गरेको छ।

म्यानहटन जिल्ला न्यायाधिवक्ताको कार्यालयका अनुसार गत बुधवार भारत लगायत दक्षिण एसियावाट चोरेर अमेरिका लगिएका ती कलाकृति फिर्ता गर्न निर्देशन दिइएको हो ।

कार्यालयका अनुसार यसरी बरामद गरिएका तस्करी सामानहरूमा हालसम्म न्यूयोर्कको मेट्रोपोलिटन म्युजियम अफ आर्टमा हेरिएका वस्तुहरू समावेश छन् । ती मध्ये एक आकाशीय नर्तकको बलौटे ढुङ्गाको मूर्ति हो, जुन मध्य भारतबाट लन्डनमा तस्करी गरिएको थियो ।

‘यसरी भारत फिर्ता हुने क्रम जारी रहनेछ, यो लुट्ने नेटवर्क धेरै चलिरहेको अनुसन्धानमा देखिएको छ, जसमा दोषी ठहरिएका कला तस्करहरू नैन्सी वाइनर र सुभाष कपूर रहेका छन्’ विज्ञप्तिमा भनिएको छ । सो कार्यका लागि एक अमेरिकी पुरातात्विक वस्तु व्यापारी पनि संलग्न रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?