काठमाडौंँ– अभिनेत्री रजनी गुरुङलाई मङ्गली उपनामले आम दर्शकले बढी चिन्छन् । टेलिसियरियल ‘मेरी बास्सै’मा उनले अभिनेता बुद्धि तामाङको जोडीकी रुपमा मङ्गली पात्रको भूमिकामा उनलाई दर्शकले निकै रुचाए । यस अघि रनजी गुरुङ फिल्ममा सक्रिय थिइन् । अहिले उनी म्युजिक भिडियो र फिल्महरुमा व्यस्त छिन् । ‘बरालडाँडा गाउँ’ गीतबाट म्युजिक भिडियोको यात्रा थालेकी उनको डेब्यु फिल्म भने ‘टलकजङ भर्सेस टुल्के’ हो ।