मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि शुरु

काठमाडौं– लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि शुरु भएको छ । नेपालमा पनि ‘हामी सबैको प्रतिबद्धता, लैंगिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ १६ दिने अभियान सुरु भएको हो । अभियान १० डिसेम्बरसम्म विश्वभर चल्ने छ ।

नेपाल सरकारले हरेक वर्ष नोभम्बर २५ देखि डिसेम्बर १० सम्म लैंगिक हिंसाविरुद्धको राष्ट्रिय अभियान सञ्चालन गर्ने र नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको राष्ट्रिय अभियान दिवसको रुपमा मनाउने निर्णय गरेको थियो ।

यस अवसरमा नेपालमा रहेका सरकारी र गैर सरकारी संस्थाहरुले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?