मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कालीमाटीमा तरकारी र फलफूलको भाउ कति ?

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार अनार प्रतिकेजी न्यूनतम ३५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । कालो अङ्गुर ३५०, अम्बा १८० रुपैयाँमा खरिदबिक्री भइरहेको समितिले जनाएको छ ।

यसै गरी केरा १५० रुपैयाँ दर्जन, नेपाली सुन्तला ८०, लोकल काँक्रो १२०, भारतीय मेवा ९० किवी र एभोकाडो २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । समितिका अनुसार लोकल सानो गोलभेँडा ८० र भारतीय ठूलो गोलभेँडा ९०, अदुवा १००, रातो आलु ६५ रूपैयाँमा कारोबार हुँदा स्थानीय काउली ९०, लौका ८०, कागती १४०, अकबरे खुर्सानी २५०, हरियो खुर्सानी ५० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँमा कारोबार हुँदा लोकल बन्दा ९०, हाइब्रिड गान्टे मूला ७० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, लोकल घिउ सिमी १२० र राजमा घिउ सिमी १२० रुपैयाँ, पाकेको फर्सी ३०, तराई परवर ९०, तोरीको साग ५०, रायोको साग ४० र जिरीको साग प्रतिकेजी ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

भारतीय सुकेको प्याज ९५, हरियो प्याज १०० र पुदिना ६००, ब्रोकाउली १४०, चाइनिज सुकेको लसुन ३५०, हरियो लसुन १५०, लाम्चो भ्यान्टा ६० र हरियो धनियाँ २०० रुपैयाँ मूल्य निर्धारण भएको समितिले जनाएको छ । यस्तै, ताजा छडी माछा २४० रुपैयाँमा कारोबार हुँदा बचुवा माछा २५० र रहु माछा ३४५ रुपैयाँमा किनबेच भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?