मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अग्रज कलाकार शशीविक्रम शाहसँग ललितकला संवाद

काठमाडाैँ- नेपाली आधुनिक कला फाँटका अग्रज कलाकार शशीविक्रम शाहसँग ललितकला संवाद गरिएकाे छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानकोआयोजनामा आइतबार अग्रज कलाकार शाहसँग संवाद गरिएकाे हाे । कार्यक्रममा कलाकार शाहले कार्यक्रममा आफ्नो कला यात्रासँगै यससँग जोडिएका विभिन्न रोचक किस्साहरूलाई प्रस्तुत गरेका थिए ।

उनले बेलायतको टेट म्युजियममा आफ्ना कलाकृति पहिलो पटक प्रदर्शनी रहेको प्रसङ्गको चर्चा गर्दै यो नेपाली कलाकारका लागि गौरवको क्षण भएको बताए। ‘नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानलाई यस कार्यक्रमको आयोजना गरेकोमा विशेष धन्यवाद दिन चाहन्छु’, उनले भने ।

८५ वर्षीय कलाकार शाहले उक्त अवसरमा आफ्नो भारत, जापानलगायतका देशमा पुग्दाका तथा अध्यापन गर्दाको प्रसङ्गको समेत विस्तारमा चर्चा गरेका थिए ।

कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कलाको पुस्तान्तरणका लागि यस्ता कार्यक्रमहरूले कलाकारहरूलाई प्रोत्साहन मिल्ने बताए। उनले कलाकार शाहको सम्मानस्वरूप यस कार्यक्रम गरिएको सुनाए ।

प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख संजय बान्तवा राईले अग्रज कलाकार शाहलाई अगाडि राखेर कार्यक्रम गर्न पाउँदा खुसी व्यक्त गरे। उनले अग्रज कलाकारहरूको सम्मानमा ललितकला प्रतिष्ठानले काम गरिरहेको धारणा राखे।

त्यस्तै, कलाकार शाहका बारेमा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा, प्रतिष्ठानका पूर्व सदस्य सचिव विपिन घिमिरे, सिद्धार्थ आर्ट ग्यालरीका अध्यक्ष सङ्गीता थापा, अग्रज कलाकार कृष्ण मानन्धर, वैकुण्ठ श्रेष्ठलगायतले आफ्ना धारणा, स्मृति साझा गरेका थिए।

कार्यक्रममा प्रतिष्ठानका पदाधिकारीहरूसँगै कलाकार तथा पत्रकारलगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?