मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तातोपानीको सेवन स्वास्थ्यका लागि लाभदायक, कब्जियत र तौल घटाउन सहयोगी

काठमाडौँ- चिसो मौसम सक्रिय भएसँगै प्रायगरी हामी तातोपानी पिउने गर्छौ । केही मानिसलाई मनतातो पानी मनपर्छ भने कसै–कसैलाई बिलकुल चिसो पानी मनमर्छ ।

केही विज्ञहरुका अनुसार चिसो पानी पिउनुको सट्टा तातोपानी पिउँदा शरीरलाई धेरै फाइदा पुग्छ । बिहान उठेपछि मनतातो पानी पिउनु स्वास्थ्यका लागि लाभदायक मानिन्छ । तातो पानीको अर्थ ५४ तथा ७१ डिग्री बीचको तापमान हो ।

तातोपानी पिउनुका फाइदाहरु-

बन्द नाकको समस्यामा राहत

तातो पानीबाट निस्केकाे वाफ नाक बन्द भई श्वास फेर्न गाह्रो हुँदा वा साइनसको लक्षणका लागि प्रभावकारी मानिन्छ । एक अध्ययनका अनुसार तातोपानीले सिंगान आइरहने नाक बन्द हुने, खोकी लाग्ने, घाँटी दुख्ने र थकान जस्ता समस्याबाट राहत दिन्छ । यसले घाँटीलाई सफा राख्न सहयोग गर्छ भने पेट ठीक राख्नमा पिन सहयोगी हुन्छ ।

रक्त प्रवाहमा सुधार

विशेषज्ञहरु तातोपानीलाई वासोडिलेटर मान्छन् । यसको अर्थ तातो पानीले रगत बग्ने शीरालाई विस्तार गर्छ भन्ने हो । ताताे पानीको सेवनले रक्तसञ्चारमा सुधार आउँछ । यसका अलावा  मांशपेशीलाई आराम दिन र दुखाइ कम गर्न पनि तातोपानी सहयोगी हुन्छ ।

तौल कम गर्न सहयोगी

वजन कम गर्ने उद्देश्यले वर्षौदेखि मानिस तातोपानी पिउँदै आएका छन् । अनुसन्धानले पनि धेरै पानी पिउनाले वजन कम गर्ने देखाएको छ । २००३ मा प्रकाशित एक अध्ययनका अनुसार तातो पानी पिउनाले वजन कम हुने देखाएको वैज्ञानिकहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?