काठमाडौँ- इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा चेल्सी विजयी भएको छ । निकोलास ज्याक्सन र एन्जो फर्नान्डेजको गोलमा चेल्सीले लेस्टर सिटीलाई २-१ ले हराएको हो ।
१५ औँ मिनेटमा फर्नान्डेजले दिएको पासमा ज्याक्सनले पहिलो गोल गरेका थिए । उनको यो चौथो खेलमा पाचौँ गोल हो। ७५ औँ मिनेटमा फर्नान्डेजले रिबाउन्डमा हेड गोल गरेका थिए ।
लेस्टरका लागि जे आयुले अन्तिम समयमा पेनाल्टीमा गोल गरे । तालिकामा चेल्सी २२ अङ्कसहित तेस्रो स्थानमा छ भने लेस्टर १० अङ्कसहित १६ औँ स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया