काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार प्रतिकेजी अनार न्यूनतम मूल्य ३८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । कालो अंगुर ३८०, अम्बा १८० रुपैयाँमा खरिदबिक्री भइरहेको समितिले जनाएको छ ।
यसैगरी केरा १५० रुपैयाँ दर्जन, हरियो तरबुजा ८०, लोकल काक्रो १२०, भारतीय मेवा १०० किवि र आभोकाडो २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
समितिका अनुसार लोकल सानो गोलभेडा ६० र भारतीय ठूले गोलभेडा ९०, अदुवा १००, रातो आलु ६५ रूपैयामा कारोबार हुदाँ स्थानीय काउली १००, लौका ९०, कागती १४०, अकबरे खुर्सानी २५०, हरियो खुर्सानी ५० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।
लेकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा ८०, हाइब्रीड गान्टे मूला ७० रुपैयाँमा कारोबार हुदाँ लोकल घिउ सिमी १३० र राजमा घिउ सिमी १२० रुपैयाँ, पाकेके फर्सी ३० र तराइ परवर ९० रूपैयामा खरिदबिक्र हुदैछ भने तोरीको साग ६० र रायोको साग ४० रुपैयाँमा खरिदबिक्री हुँदा उता जिरीको साग १०० रुपैयाँमा कारोबार हुनेछ ।
गुन्द्रुक २८०, भारतीय सुकेको प्याज १००, हरियो प्याज १०० र पुदीना ६०० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली १३०, चाइनिज सुकेको लसुन ३५०, हरियो लसुन २५० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ७० र हरियो धनिया २०० रुपैयाँ पाइने समितले जनाएको छ ।
उता, ताजा छडी माछा २४० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २५० र रहु माछा ३४५ रुपैयाँमा किनबेच भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया