मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रुसी चित्रकार जर्जी क्युरासोभको चित्रमा महिला चित्रण

काठमाडौँ– रुसको समकालीन कला दृश्यमा कलाकार जर्जी क्युरासोभको आफ्नै पहिचान छ । कला सिर्जनामा उनले प्रयोग गरेको कला शिल्प र प्रविधिले विश्वभरका कलाप्रेमीहरुलाई मोहित पारेको छ । जर्जीको कल्पनाशीलतामा प्रयुक्त बेजोड शिल्प होस् या प्रविधि र त्यसैमा आएको यथार्थवाद र अतियथार्थवाद मिश्रित सिर्जनाहरुले जोकोहीलाई मन्त्रमुग्ध बनाउन सक्छ ।

जर्जीको सिर्जनमा मुख्यतया मानव आकृतिमा फोकस छन् । जहाँ क्यूबिज्मको शैलीको अद्भुत शिल्प झल्कछन् । फोटोमोन्टाज होस् या इन्स्टलेसन कला तथा भिडियोसँगै चित्र सिर्जनामा समेत उनको दखल देखिन्छ । उनको चित्रमा चित्रण गरिएको दृश्य, रङको संयोजन तथा त्यसले दिने गहन अर्थहरुले मानव जीवन र प्रक्रियाहरुलाई प्रतिबिम्बित गरेका छन् ।

त्रिकोणात्मक ज्यामितिय संरचना, आकार, प्रकाश र रङको तीव्रताहरु रहेको उनको सिर्जनाहरुमा घनवाद शैली समेत हाबी छन् । ज्यामितिय संरचनाहरुमा मानव शरीरलाई विभिन्न खण्डहरुमा देखाउँदै त्यसैमा मानवीय संवेदना र अनुभूतिहरुलाई खोजी गरेका छन् । उनका सिर्जनाहरुमा मुख्यत महिलाहरु नै बढी चित्रण भएका छन् । ज्यामितीय आकारहरुमा देखिएको महिलाको आकृति होस् या रङहरुले सजिव तस्वीरले झैँ प्रभाव पार्न सक्छ ।

उनको सिर्जनाहरुमा प्रकाश र रङको ऊर्जा नै अझै विशेष किसिमका छन् । उनले कलामा क्युबिज्मसँगै सौन्दर्यशास्त्रमा रहेर अभिव्यक्ति स्वतन्त्रतालाई समेत जोड दिएका छन् । उनले बोल्ड रङ प्यालेट र ज्यामितीय आकारहरूमा महिलाहरूको गतिशील अर्ध अमूर्त चित्रहरू सिर्जना गरेका छन् । 

तत्कालीन सोवियत संघ लेनिनग्रादमा सन् १९५८मा उनको जन्म भएको थियो । उनी अहिले पनि त्यही ठाउँमा बसेर कला सिर्जना गरिरहेका छन् । जुन शहरलाई अहिले रुसको सेन्ट पीटर्सबर्गका रुपमा चिनिन्छ । सानैदेखि कलामा रुची राखेका उनले बाह्र÷तेह्र वर्षको उमेरदेखि नै औपचारिक रुपमा कला शिक्षा लिन प्रारम्भ गरेका थिए ।

आफ्नो छोरामा कलाप्रतिको लगाव देखेर उनकी आमाले उनलाई रूसी एकेडेमी अफ फाइन आट्र्स अन्तर्गतकै सेन्ट पीटर्सबर्गको प्रतिष्ठित आर्ट स्कूलमा भर्ना गरिदिएकी थिइन् । जहाँ उनको कला सिर्जना र उनको प्रतिभाको लागि ठूलो प्रशंसा भयो । त्यहाँ उनले रेखाचित्रहरुसँगै मानव शरीरको रचना गर्न सिके ।

जुन उनको प्रारम्भिक सिकाइ उनका कलाहरुमा देखिन्छ । यो नै उनको सिर्जनाको मुख्य विशेषता बन्यो । सन् १९९३ मा संयुक्त राज्य अमेरिकामा पहिलो कला प्रदर्शनी गरेका जर्जीले त्यसबाट निकै ठूलो प्रशंसा कमाए ।

जर्जीले १९७६ मा आर्ट स्कूलबाट स्नातक गरेपछि एक महिनाभित्रै उनी मूर्तिकला अध्ययन गर्न सेन्ट पिटर्सबर्गको प्रख्यात एकेडेमी अफ फाइन आट्र्समा १८ वर्षमा भर्ना भए । १८ औं शताब्दीको अन्ततिर क्याथरिन द ग्रेटको समयमा निर्माण गरिएको भवनको विशाल स्टुडियोमा छ वर्ष बिताए ।

जहाँ अध्ययनकै क्रममा दोस्रो विश्वयुद्धमा मारिएका रूसी कलाकार हेलसिङ्की, प्रसिद्ध युक्रेनी कवि तारास शेभचेन्कोको स्मारक निर्माणमा समेत उनी सामेल भए । एकेडेमीमा उनले चित्रकलामा निकै उत्कृष्ट काम गरेर देखाएका थिए ।

यही समयमा चित्रकला सिर्जनामा अझै उनको गहनता बढेको थियो । उनले मूर्तिकला र चित्रकला दुवैमा आफ्नो प्रतिभा देखाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?