मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

केराखेतीबाट वार्षिक १० लाख आम्दानी

काठमाडौँ- कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका–६ विद्यानगरका प्रताप राना सफल केरा किसानका रुपमा परिचित छन् । डेढ दशकदेखि व्यावसायिक रुपमा केराखेती गर्दै आएका रानाले केराखेतीबाट वार्षिक रु १० लाख बढी आम्दानी गरिरहेका छन् । राना जिल्लामा उत्कृष्ट कृषकका रुपमा सम्मानितसमेत भइसकेका छन् ।

सुरुआतमा पाँच बिघा जग्गामा केराखेती सुरु गरेका रानाले हाल १७ बिघामा खेती विस्तार गरेका छन् । राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकबाट रु २९ लाख ५० हजार ऋण लिएर केराखेती सुरु गरेको उनले बताए । अहिले केराखेतीबाट वार्षिक रु १० लाख भन्दा बढी आम्दानी हुने गरेको उनले जानकारी दिए ।

“केराखेती मेरो आम्दानीको मुख्य स्रोत हो, म यसैमा सन्तुष्ट छु”, रानाले भने, “वार्षिक रु २८ देखि २९ लाखसम्मको कारोबार हुने गरेको छ, सबै खर्च कटाएर वार्षिक रु १० लाखसम्म आम्दानी हुन्छ ।” केराखेतीको आम्दानीबाट घरखर्च चलाउनुका साथै कृषि औजार जोड्ने गरेको उनले बताए ।

कृषिमा प्रविधिको प्रयोग गरेपछि कम लागतमा धेरै आम्दानी हुन थालेपछि उनले पछिल्लो समय आम्दानीको केही अंश कृषिऔजार खरिदमा लगाउने गरेको बताए । “कृषिमा अहिले थुप्रै प्रविधि आएको छ यसबाट कम लागतमा धेरै आम्दानी गर्न सकिन्छ”, रानाले भने, “अहिले खेती गर्दा प्रविधिको प्रयोग गर्ने गरेको छु, अहिले ड्रोन प्रविधिबाट खेती गर्ने प्रयास गरिरहेको छु ।”

कृषक रानाले केराखेती गर्न पर्याप्त जग्गा नहुँदा समस्या भएको गुनासो गरे । “मैले जग्गा भाडामा लिएर खेती गरिरहेको छु । यहाँ भाडामा पनि जग्गा पाइँदैन, पाइए पनि दुईरतीन वर्षका लागि मात्रै पाइन्छ”, रानाले भने, “लामो समयका लागि जग्गा भाडामा नपाउँदा थोरै क्षेत्रफलमा खेती गर्नु परेको छ ।”

उनले लामो समयसम्मका लागि जग्गा भाडामा पाइए केराखेती विस्तार गर्दै लैजाने योजना रहेको बताए । खेतीमा प्रविधिको प्रयोगले उत्पादन र आम्दानी राम्रो हुन थालेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?