मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अस्ट्रेलिया सामु निरीह भारत, १५० रनमा अलआउट

काठमाडौँ – भारत अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा १५० रनमा अल आउट भएको छ ।

अस्ट्रेलियाको पर्थमा आजदेखि शुरु भएको ५ खेलको सिरिजको पहिलो खेलमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले १५० रन बनाउँदा अल आउट भएको छ ।

भारतका लागि डेभ्यु खेल खेलिरहेका नितिश कुमार रेड्डीले सर्वाधिक ४१ रन बनाए भने ऋषव पन्तले ३७, केएल राहुलले २६ रन बनाएका थिए ।

त्यस्तै भारतको ब्याटिङ लाइन ध्वस्त गर्नेक्रममा अस्ट्रेलियाका बलर जोश हजेलवूडले सर्वाधिक ४ विकेट लिए भने मिचेल स्टार्क, पाट कमिन्स र मिचेल मार्शले २-२ विकेट लिएका थिए ।

यस खेलमा भारतका कप्तान रोहित शर्माको अनुपस्थितिमा जसप्रित बुमराहले कप्तानी गरेका छन् । अब केही बेरमा अस्ट्रेलियाले आफ्नो पहिलो इनिंग ब्याटिङ गर्दै छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?