काठमाडौँ – साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेको छ । शुक्रबार सुन तोलामा १ हजार ५ सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ६४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार बढेर तोलामा १ लाख ६५ हजार ५ सय रुपैयाँ पुगेको हो ।
अघिल्लो दिन पनि सुन तोलामा १ हजार रुपैयाँ बढेको थियो । यस्तै महासंघका अनुसार चाँदीको मूल्य तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ९२५ रुपैयाँ कायम भएको थियो । जसअनुसार शुक्रबार तोलामा १५ रुपैयाँ बढेर कारोबार भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया