मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने

काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी माघमा बी डिभिजन लिग सञ्चालन गर्ने भएको छ ।

एन्फाले माघ १३ गतेदेखि बि डिभिजन लिग सञ्चालन गर्नेगरी कार्यतालिका सार्बजनिक गरेको छ । एन्फाले बि डिभिजन लिगमा सहभागी क्लबहरुलाई लासेन्सिङ प्रक्रियामा लैजाने, क्लबहरूको पुरानो बक्यौता उपलब्ध गराउने, खेलाडी दर्ता फिफा कनेक्ट डिजिटल प्लेटफर्म मार्फत गर्ने जनाएको छ ।

एन्फाले शहिद स्मारक बि डिभिजनका केही खेल दशरथ रङ्गशालामा र बाँकी खेलहरू एन्फा कम्प्लेक्समा सञ्चालन गर्ने जनाएको छ ।

एन्फाले मङ्सिर २१ गतेसम्म क्लब दर्ता गर्ने, मङ्सिर २३ र २४ गते फिफा कनेक्ट वर्कसप गर्ने, मङ्सिर २५ र २६ गते क्लब लासेन्सिङ वर्कसप गर्ने, पुस १३ गते खेल तालिका प्रकाशन गर्ने र माघ १३ गतेदेखि प्रतियोगिता सञ्चालन गर्ने जनाएको छ ।

एन्फाले पछिल्लो पटक २०२२ मा बि डिभिजन लिग गरेको थियो बने करिब अढाई वर्षपछि बि डिभिजन लिग गर्ने घोषणा गरेको छ ।      

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?