मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्याकेटका खानेकुरा किन्दा कस्ता कुराहरूमा ध्यान दिने ?

हामीलाई घरको खाना,खाजाभन्दा बजारमा पाइने स्वादका लागी मात्रै मिठो हुने प्याकेटका खानेकुराहरू अर्थात् जङ्क फुड निकै मन पर्छ । जुन स्वास्थ्यका लागी हानिकारक हुन्छन् । 

यस्ता खानेकुरा स्वास्थ्यका लागी लाभदायक छैनन् भन्ने थाहा पाएर पनि हामी सेवन गर्न भने छाड्दैनौ । अर्को कुरा के छ भने हामी बजारिया प्याकेटमा बन्द गरेर बिक्रीका लागी राखेका खानेकुरा किन्दा हामी म्याद गुज्रने मिति मात्रै हेर्छौ ।

तर यो सँगसँगै प्याकेटका खानेकुराहरूमा अन्य धेरै जानकारीहरू पनि राखिएको हुन्छ । जुन कुरा हामीले पढ्न र बुझ्न आवश्यक छ । 

खानेकुराको प्याकेटमा के कस्ता जानकारी हुन्छन् ?

हामीले कुनै खाद्य वस्तु राम्रोसँग हेर्‍यौ भने त्यसको प्याकेटमा धेरै जानकारी दिइएको पाइन्छ । हामीमध्ये धेरैले प्याकेटको लेबलमा त्यस खाद्य वस्तुको उत्पादन मिति र म्याद गुज्रने मिति मात्रै हेर्ने गरेका हुन्छौँ । तर यसका अलावा उत्पादकले प्याकेटका माध्यबाट हामीलाई खाद्य वस्तुबारे अन्य धेरै जानकारीहरू दिएका हुन्छन्।

जस्तै खाद्य वस्तु बनाउने कम्पनीको नाम, ठेगाना, उत्पादन भएको देश, वस्तुको औसत वा खुद तौल (प्याकेटबाहेकको वस्तुको तौल), पकाउने वा भण्डारण गर्न निर्देशन, वस्तुमा भएका केही एलर्जी गराउन सक्ने पदार्थ र खाद्य वस्तुमा प्रयोग भएका खाद्य पदार्थको सूची र तिनका परिमाण लगायतका विषयहरू स्पष्ट लेखिएको हुन्छ । यसकारण प्याकेटका खानेकुरा किन्दा तपाईँको स्वास्थ्यका लागी उपयुक्त छ कि छैन भनेर सबै डिस्क्रीप्सनहरु पढेर मात्रै किन्नुहोला ।  

उपभोक्ता आफैँले पनि खाद्य वस्तुमा दिइएका जानकारी राम्ररी पढेर किन्ने वा किनेपछि पनि बुद्धिमत्तापूर्ण तरिकाले खपत गर्न सचेत रहनुपर्छ । यसो भए मात्रै बजारिया खाद्य वस्तुको अनियन्त्रित खपतबाट हुन सक्ने स्वास्थ्य जोखिमलाई न्यूनीकरण गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?