मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अडानीमाथि अमेरिकामा ठगीको आरोप, अदानी समूहको शेयरमा ठूलो गिरावट

काठमाडौँ – भारतीय उद्यमी गौतम अडानीमाथि अमेरिकामा ठगीको आरोप लागेपछि बिहीबार अदानी समूहको शेयरमा ठूलो गिरावट आएको छ । अहिले अदानी समूहका तीन कम्पनीको सेयर १५ प्रतिशतभन्दा बढीले घटेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

बम्बई स्टक एक्सचेन्जमा अडानी इनर्जी सोलुसन लिमिटेडमा १९.५० प्रतिशतको सबैभन्दा ठूलो गिरावट रेकर्ड गरिएको थियो । यसबाहेक अदानी इन्टरप्राइजेजमा १८.७६ प्रतिशत, अदानी ग्रीन इनर्जीमा १६.५६ प्रतिशत र अदानी पोर्ट्समा ११.९४ प्रतिशतले गिरावट आएको छ ।

गौतम अडानीमाथि अमेरिकामा ठगीको आरोप लागेको छ । अडानीमाथि अमेरिकामा रहेको आफ्नो एउटा कम्पनीको ठेक्का लिन २५ करोड डलर घुस दिएको र यो कुरा लुकाएको आरोप लागेको छ ।

तर, अडानी समूहले जारी गरेको विज्ञप्तिमा यी आरोपहरूलाई अस्वीकार गर्दै सबै कानुनी विकल्प खोजिने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?