मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मलयालम फिल्मका खलनायक मेघनाथनको निधन

काठमाडौँ – राष्ट्रिय पुरस्कार विजेता स्वर्गीय अभिनेता बालन के. नायरका छोरा तथा दिग्गज अभिनेता मेघनाथनकाे ६० वर्षको उमेरमा निधन भएको छ । केही समयदेखि फोक्सोको रोगबाट पीडित अभिनेताकाे विहिबार निधन भएकाे हाे ।

फोक्सोको रोगबाट पीडित अभिनेता मेघनाथनकाे निजी अस्पतालमा उपचार भइरहेको थियो । अभिनेताको अन्तिम संस्कार उनको गाउँ शोरानुरमा हुनेछ । उनका श्रीमती र एक छोरी छन् । उनकी श्रीमतीको नाम सुस्मिता र छोरीको नाम पार्वती हो ।

मेघनाथनले सन् १९८३ मा रिलिज भएको फिल्म ‘अस्त्रम’ बाट आफ्नो करियर सुरु गरेका थिए । मेघनाथन खलनायकको रुपमा निकै चर्चित थिए । फिल्मसँगै उनले धेरै टिभी कार्यक्रममा पनि उत्कृष्ट काम गरेका छन् । अभिनयमा माहिर रहेका यी स्टारले तमिल र मलयालम भाषामा जम्मा ६० फिल्ममा काम गरेका छन् ।

मेघनाथनको जन्म मलयालम अभिनेता बालन के. नायर र शारदा नायर तिरुवनन्तपुरम, केरलामा भएकाे थियाे । अभिनेताले आसन मेमोरियल एसोसिएशन, चेन्नईबाट आफ्नो प्राथमिक शिक्षा पूरा गरे र कोइम्बटूरबाट अटोमोबाइल इन्जिनियरिङमा डिप्लोमा गरेका थिए ।

उनले ‘पञ्चाग्नी’, ‘चमयम’, ‘राजधानी’, ‘भूमिगीतम’, ‘चेनकोल’, ‘मलप्पुरम’, ‘हाजी’, ‘महानय्या जोजी’, ‘प्रियक्कारा पप्पन’, ‘उदयनपालकम’, ‘उदयनपालकम’ जस्ता फिल्ममा काम गरिसकेका छन् । ‘ई पुज्याम’, ‘कदन्नु’ र ‘वस्तवम’ जस्ता फिल्ममा उनले उत्कृष्ट काम गरेका छन् ।

मेघनाथनका बुबा नायरले १९८१ मा मलयालम फिल्म ‘ओपोल’ मा सर्वश्रेष्ठ अभिनेताको राष्ट्रिय पुरस्कार जितेका थिए। उक्त फिल्ममा उनी राष्ट्रिय पुरस्कार विजेता अभिनेत्री कीर्ति सुरेशकी आमा अभिनेत्री मनेकासँग देखिएका थिए ।

नायर त्यतिबेला लोकप्रिय अभिनेता मध्ये एक थिए र उनको उपस्थिति लगभग हरेक फिल्ममा देखिन्थ्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?