मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जोखिममा भविष्य खोज्दै बालबालिका

मन्थली  ‘रामेछाप’ – रामेछापको खाँडादेवी गाँउपालिका–४ र सिन्धुलीको सुनकोसी गाउँपालिका–६ चैनपुर जोड्ने पुछिघाटमा रहेको झोलुङ्गे पुल क्षतिग्रस्त भएपछि यहाँका विद्यार्थी जोखिममा भविष्य खोज्न बाध्य भएका छन् । 

गत असोज १२ गतेको वर्षाका कारण सुनकोसी नदीमा आएको बाढीले सो पुलमा क्षति पुर्याउँदा जोखिम मोलेरै भए पनि  यहाँका कक्षा ६ देखि १२ सम्मका २८ जनाभन्दा विद्यार्थी सिन्धुलीको खाल्टेमा रहेको दीर्घ प्रदीप माध्यमिक विद्यालयमा अध्ययन गर्न जाने गरेका छन् । 

विद्यार्थी मात्र होइन पुछिघाटको आधारभूत विद्यालयमा अध्यापन गराउन दुई शिक्षक खाल्टेबाटै आउँछन् भने पुछिघाटका अधिकांश मानिसको खेतबारी खाल्टेमा भएका कारण यहाँका एक सय ५० भन्दा बढी कृषि कर्म गर्ने किसानले दैनिक रुपमा आवतजावत गर्ने गरेका छन् । 

यहाँका स्थानीय बिरामी परेको खण्डमा औषधि उपचारका लागि यही पुल भएर जिल्ला सदरमुकममा रहेको अस्पताल वा खाल्टेमा रहेको सुनकोसी अस्पताल तथा  खुर्कोटमा रहेको शुभ जीवन लगायतका अन्य निजी मेडिकलमा लैजानका लािग पनि यही पुल प्रयोग गर्ने गरिएको स्थानीय शिक्षक इन्द्रबहादुर श्रेष्ठले बताए । 

यस पुलको रामेछाप तर्फको २० मिटर क्षेत्रका सात वटा स्पटेवुल नष्ट भएको, लठ्ठा बाङगेकाले सामान्य खर्चले मर्मत हुन नसक्ने अवस्था भएपछि जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय गराएर यो लगायत पालिकाअन्तर्गतका क्षति भएका अन्य पुलका बारेमा मर्मत सम्भारका लागि सस्पेन्सन ब्रिज डिभिजन जाउलाखेल ललितपुरमा पठाइएको र त्यहाँको टोलीले थप अध्ययन गरिरहेको गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताए ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?