काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई मानार्थ महारथी दर्जा प्रदान गरेका छन् ।
शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका हुन् । नेपाली सेना र भारतीय सेनाका प्रमुखलाई एक अर्काले मानार्थ महारथीको दर्जा दिने परम्परा रहेको छ ।
यसअघि विहिबार बिहान द्विवेदीलाई नेपाली सेनाले जंगी अड्डामा आयोजित एक कार्यक्रममा गार्ड अफ अनरले सम्मानित गरेको थियो ।
द्विदेवी प्रधानसेनापति अशोक राज सिग्देलको औपचारिक निमन्त्रणामा बुधबार काठमाडौँ आएका थिए । भ्रमणका क्रममा उनी पश्चिम पृतना हेडक्वाटरको भ्रमण पनि गर्नुका साथै उनले प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्रीसँग औपचारिक भेटवार्ता गर्ने नेपाली सेनाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया