मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आराध्या बच्चन बर्थडे सेलिब्रेशन : बुबा अभिषेक उपस्थित भएनन्, आमा ऐश्वर्याले एक्लै मनाइन् विशेष दिन

काठमाडौँ – आराध्या बच्चनले १६ नोभेम्बरमा आफ्नो जन्मदिन मनाइन्। बलिउड अभिनेत्री ऐश्वर्या रायले सेलिब्रेसनको तस्बिरहरु यतिबेला सामाजिक सञ्जालमा सेयर गरेकी छिन् ।

आराध्या ऐश्वर्या राई र अभिषेक बच्चनकी छोरी हुन्, आराध्या बच्चन अहिले १३ वर्षकी भइन् । उनको जन्मदिन नोभेम्बर १६ मा थियो । आराध्याले आफ्नो जन्मदिन आमा ऐश्वर्यासँग मनाइन् । यो उत्सवका तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

तस्बिर सेयर गर्दै ऐश्वर्याले लेखेकी छिन्, ‘मेरो जीवनका दुई प्रेमी पापा र मेरी प्यारी आराध्यालाई जन्मदिनको शुभकामना । मेरो हृदय, मेरो आत्मा … सधैंभरि। तस्बिरमा आराध्या र ऐश्वर्या आमाबुवाको तस्विरको अगाडि झुकेर नमस्ते भन्दै देखिएका छन् ।

ऐश्वर्याले सेयर गरेको फोटोमा बच्चन परिवार देखिँदैन । ऐश्वर्या र आराध्या बाहेक अभिनेत्रीकी आमा मात्रै देखिन्छिन् । अभिषेक बच्चन पनि देखिएनन् ।

यस तस्विरमा दुवै सेतो रंगको पोशाकमा देखिएका छन् । दुबैले आफ्नो लुक्स सिम्पल राखेका थिए । आराध्याको सेलिब्रेशनका तस्विरहरु भाइरल भएका छन् ।

ऐश्वर्या र अभिषेक बच्चन आफ्नो व्यक्तिगत कुरालाई लिएर चर्चामा छन् । यी दुईबीचको सम्बन्धमा दरार आएको खबर छ ।

अभिषेकले सामाजिक सञ्जालमा ऐश्वर्यालाई जन्मदिनको शुभकामना समेत दिएनन् । तर, ऐश्वर्याले अमिताभ बच्चनलाई जन्मदिनको शुभकामना दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?