काठमाडौँ – भारतीय अर्बपति गौतम अडानीलाई अमेरिकामा धोखाधडीको आरोप लगाइएको छ ।
अडानीलाई अमेरिकामा पैसा उठाउन २५० मिलियन डलर घूस दिने योजना बनाएको आरोप लगाइएको हो । न्यूयोर्कमा बुधबार अडानीविरुद्ध घोखाधडीको आरोप दायर गरिएको बिबिसीले उल्लेख गरेको छ ।
भारतका सबै भन्दा धनी ६२ बर्षिय अडानीविरुद्धको सो आरोपमा छानबिन शुरु गरिएको रिपोर्टमा उल्लेख गरिएको छ । अडानी समूहले अमेरिकामा नवीकरणीय ऊर्जा कम्पनीले २० वर्षमा २ बिलियन डलर भन्दा बढी नाफा हुने भन्दै लगानी उठाएको आरोप लगाइएको छ ।
पछिल्ला केही महिना देखि नै अडानीविरुद्ध अनुसन्धानको चर्चा चलिरहेको र अमेरिकाले भने २०२२ देखि नै अडानीका कम्पनी बारे अनुसन्धान गरिरहेको पाइएको छ ।
अडानी समूहले झुटो रिपोर्ट तथा घुस समेत दिएर अमेरिकी फर्महरू लगायतका ऋण र बन्डहरूमा ३ बिलियन डलर भन्दा बढी उठाएको आरोप लगाइएको छ । अडानी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका निकट सहयोगी व्यापारी मानिन्छन् ।
गत हप्ता सामाजिक सञ्जालमा अडानीले डोनाल्ड ट्रम्पलाई उनको चुनाव जितेकोमा बधाई दिँदै अमेरिकामा १० बिलियन डलर लगानी गर्ने वाचा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया