मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म ‘ह्रस्व दीर्घ’ले कति कमायो पाँच दिनमा ?

काठमाडौँ – नेपाली र दक्षिण भारतीय कलाकारहरूले अभिनय रहेको फिल्म ‘ह्रस्व दीर्घ’ ले राम्रो कमाई गरिरहेको छ ।

बक्स अफिसमा फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को दबदबा कायम रहेकै बेला फिल्म ‘ह्रस्व दीर्घ’ ले पाँच दिनमा ४ करोड २९ लाख कमाई गरेको निर्माण पक्षले जानकारी दिएको हो ।

फिल्मले शुक्रबार ८० लाख कमाई गरेको थियो भने शनिबार एक करोड २० लाख कमाई गरेको थियो ।  त्यस्तै आइतबार फिल्मले ७५ लाख ग्रस कमाई गरेको यस फिल्मले सोमबार ९० लाख कमाई गरेको छ । त्यस्तै मंगलबार फिल्मले ६४ लाख ग्रस कमाइ गरेको निर्माण पक्षले जानकारी दिएको छ ।  

फिल्मप्रति दर्शकलाई थप आकर्षित गर्न निर्माण टिमले मुख्य कलाकार प्रदीप रावत (गजनी भिलेन) लाई काठमाडौँ बोलाएको छ । उनी नेपाल आएर हलमा दर्शकहरूसँग अन्तरक्रिया गरेका छन् । फिल्ममा उनी नीताको बुबाको भूमिकामा छन् ।

चन्द्र पन्तको निर्देशनमा बनेको फिल्ममा साउथबाट ब्रह्मानन्दम, प्रदीप रावत, सुनिल बर्मा, अली, कबीर दुहन सिंहसहित नेपाली कलाकारहरू बिपना थापा, नीता ढुंगाना, हरिहर अधिकारी, सरोज खनाल, रेखा थापा, सञ्चिता लुइँटेल, आदर्श मिश्र लगायतको अभिनय छ । यस फिल्मको निर्माण लागत ६ करोड रहेकोले नाफा जान भने अझै आक्रामक व्यापार गर्नुपर्ने चुनौती रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?