मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शाहरुख खानले करियर र व्यक्तिगत जीवनको बारे के भने ?

काठमाडौँ – बलिउड अभिनेता शाहरुख खानले सानै उमेरमा आफूले आमाबुवा गुमाएका थिए। शाहरुख खानले हालै आफ्नो करियर र व्यक्तिगत जीवनको बारेमा प्रतिक्रिया दिएका छन् । प्रतिक्रियामा उनलेले सानै उमेरमा आमाबुवा गुमाउँदा पनि हिम्मत हारेनन् र आफ्नो दृढ संकल्पले सफलता हासिल गरेकाे बताएका छन्।

ग्लोबल फ्रेट समिटमा बोल्दै शाहरुखले आफू १४ वर्षको हुँदा आफ्नो बुबा गुमाएको उनले बताए । जब उनी २४ वर्ष पुगे, उनले आफ्नी आमा गुमाएकाे उनले बताए ।

शाहरुखले भने, ‘जब म सानो थिएँ, मेरा आमाबाबुले छोडेर गएका थिए । मसँग जाने ठाउँ थिएन। मेरो साथमा बहिनी थिइन् । हामी दुबै यो संसारमा छाडियौं। एक बिहान मैले महसुस गरें कि मेरा आमाबाबु कतै हुनुपर्दछ र म तिनीहरूलाई एक दिन फेरि भेट्नेछु।

शाहरुखले अगाडि भने, ‘मैले कडा परिश्रम गर्न थालें, मैले निर्णय गरेको थिएँ कि म सफल हुनैपर्छ । म मेरो आमाबुबाकाे सपना सफल पारेर देखाउछु भनेर निरन्तर रूपमा दृढ संकल्पका साथ आफ्नो लक्ष्यमा लागि परेर सफलता हासिल गरेकाे जनाएका छन् ।

बलिउडमा शाहरुखलाई उद्योगका राजा भनिन्छ । उनका फिल्मले करोडौं कमाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?