मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

क्यानको स्टार स्पोर्ट्ससँगको सम्झौता अवैधानिक, सच्याउन तीन संस्थाको आग्रह

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रसारण गर्न स्टार स्पोर्ट्ससँग गरेको सम्झौता अवैधानिक भएको आरोप लागेको छ ।

मंगलबार नेपाल विज्ञापन संघ, राष्ट्रिय विज्ञापन संघ नेपाल र मिडिया अलाइन्सले संयुक्त विज्ञप्ति जारी गर्दै क्यानले एनपीएलको प्रशारण स्टार स्पोर्ट्सबाट गर्ने सम्झौता अवैधानिक भएको भन्दै सच्याउन चेतावनी दिएका छन् ।

तीन संस्थाले जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘राष्ट्रिय खेलहरु अन्तराष्ट्रियकरण समेत होस् भन्ने अपेक्षा राख्नु स्वाभाविक हो । तर यसपल्टको नेपाल प्रिमियर लिगको आयोजनामा नेपाल क्रिकेट संघले केहि कानुनी र केही नैतिक तथ्यहरूमा निम्न अवैधानिक र गैर कानुनी अनि गैर व्यावसायिक तथा अनैतिक क्रियाकलापहरू जानाजान वा भुलवश हुन गएको छ, जसलाई उजागर गरेर ती अवैधानिक र अनैतिक हुने गल्ती र गैर कानुनी क्रियाकलापहरू तत्काल सच्चाउन र त्यस्ता कानुन बर्खिलाप हुने कार्य बन्द गर्न अनुरोध समेत गर्दछौँ ।’

उनीहरूले नेपाल क्रिकेट संघले नेपालको कानुनले अनिवार्य गरेको सार्वजनिक खरिद ऐन र खेलकुद ऐनलाई उल्लघंन गरेको आरोप लगाएका छन् । 

तीन संस्थाले नेपाली टेलिभिजन, विज्ञापन एजेन्सी र उत्पादन संस्थाको अवमूल्यन गर्दै क्यानले विदेशी एजेन्सी र टेलिभिजनलाई एनपीएलका खेल प्रसारण गर्ने सम्झौता गरेको भन्दै क्यानले सम्झौता गर्दा भएका गल्तीहरू तत्काल सच्याउन र त्यसो नगरेमा कानुनी बाटो अपनाउने चेतावनी समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?