काठमाडौँ – चाणक्यको नीतिहरूले सफलता हासिल गर्नमा महत्त्वपूर्ण भूमिका खेलेको थियो। यही कारण आज पनि प्राय: मानिसहरूले प्रगति प्राप्त गर्न र सुखी जीवन बिताउन चाणक्य नीतिको पालना गर्छन्।
आचार्य चाणक्य मौर्य कालका समकालीन थिए। चाणक्यकै कारण मगधका राजा चन्द्रगुप्तले मौर्य समुदायको स्थापना गरेका थिए । प्राचीन कालमा धेरै राजाहरूले आफ्नो साम्राज्यको विकास र विस्तारका लागि चाणक्यको नीति अपनाएका थिए। चाणक्यको नीतिलाई वर्तमान समयमा पनि पालन गरिन्छ।
चाणक्यलाई तीक्ष्ण दिमाग, अर्थशास्त्री, कुशल राजनीतिज्ञ र कूटनीतिज्ञका रूपमा विश्वभर चिनिन्छ। आज पनि चाणक्यको नीति र महान सन्देश विश्वभर प्रसिद्ध छ । चाणक्यका नीतिहरू जीवनलाई सुखी र सफल बनाउन, समाजमा पद र प्रतिष्ठा प्रदान गर्न धेरै उपयोगी छन्।
आचार्य चाणक्यले धनी बन्ने र प्रगति गर्ने बारे पनि बताउँछन्। चाणक्यका अनुसार गलत ठाउँमा बस्ने कारणले मानिस जीवनभर गरीब नै रहन्छ । हो, चाणक्यका अनुसार स्थान पनि व्यक्तिको गरिबीको कारण हुन सक्छ। चाणक्यले यस्ता ठाउँको बारेमा बताउँछन् जहाँका बासिन्दाहरू कहिल्यै प्रगति गर्न सक्दैनन्।
यी ठाउँहरूमा बस्ने मानिसहरूको प्रगति रोकिन्छ
चाणक्यका अनुसार यदि तपाईं बस्नु भएको ठाउँको वरिपरि कोही पनि व्यापार गर्दैनन्, भने त्यस्तो ठाउँमा बस्नु हुँदैन। यस्ता ठाउँमा बस्ने मानिसले गरिबीमा जीवन बिताउँछन् ।
यदि तपाईको घर त्यस्तो ठाउँमा छ जहाँ वेद जान्न वा ब्राह्मण कोही छैन भने तपाईले त्यस्तो ठाउँमा बस्नु हुँदैन। किनभने धर्मको रक्षा ब्राह्मणले मात्र गर्छ। त्यसैले यस्ता ठाउँहरू त्याग्नुपर्छ।
पानीको बारेमा भनाइ छ, पानी नै जीवन हो । त्यसैले खोला, पोखरी, इनार आदि नभएको ठाउँमा नबस्ने । यस्ता ठाउँमा जीवन जिउन गाह्रो हुन्छ ।
यदि तपाईंको घर नजिकै डाक्टर वा वैद्य छैन भने, त्यहाँ बस्नु राम्रो होइन। किनभने रोग, दुर्घटना, ज्वरोजस्ता निको पार्ने र निको नहुने रोगको उपचारको आवश्यकता पर्दछ, जुन चिकित्सकविना सम्भव छैन । त्यसैले उपचारको अभाव भएको ठाउँमा बस्नु फाइदाजनक हुँदैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया