काठमाडाैँ- म्हेन्दोमाया गीत ‘वला फुर्काछे’ सार्वजनिक भएको छ । मङ्गलबार एक कार्यक्रम गर्दै गीत सार्वजनिक गरिएको हो ।
कुमार योञ्जनको प्रस्तुतिमा आएको गीतमा योञ्जनसँगै रमला पाख्रिनको स्वर समावेश छ । गीतको शब्द, सङ्गीत, भिडियो निर्देशन तथा सम्पादन भने रोशन फ्युबाले गरेका छन् ।
रोनिश लामाको छायाङ्कन रहेको भिडियोमा गायक योञ्जनसँगै मनु तामाङ, रञ्जिता तामाङ र रमेश तामाङको अभिनय रहेको छ ।
भिडियाे :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया