काठमाडौँ – मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् ।
प्रसाईँलाई मंगलबार प्रहरीको सिआईबीको टोलीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।
प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकम कम्पनीमा लगानी गरेको प्रमाण भन्दै कागजपत्र सार्वजनिक गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको बुझिएको छ ।
प्रसाईँले मंगलबार बिहान आफूले कम्बोडियामा ओलीको लगानी रहेको विषय पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेपछि आफूलाई फेरी झुटो मुद्दा लगाई पक्राउको तयारी गरेको बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया