मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सी–चेकपछि काठमाडौं आइपुग्यो नेपाल वायुसेवाको जहाज

काठमाडौँ – नेपाल वायुसेवा निगमको नाइन–यएलजेड जहाज सी–चेकपछि सोमबार काठमाडौँ आइपुगेको छ ।

नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडी नाइन–य एलजेड (मकालु)को जहाज नियमित सी–चेकको मर्मतपछि युरोपेली उड्डयन सुरक्षा एजेन्सी (ईएसा) र संघीय उड्डयन प्रशासन (एफएए)बाट मान्यता प्राप्त युरोपेली मुलुक इटालीको मर्मत र ओभरहाल संगठनले अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी सी–चेकको मर्मतसम्भार सम्पन्न गरी सेवामा रिलिजको प्रमाणपत्र प्रदान गरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । 

उनका अनुसार नियमानुसार प्रक्रिया पूरा गरी उक्त जहाज सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा अवतरण गरेको हो ।

निगमका प्रवक्ता पौडेलले युरोपेली मुलुकहरू इयुमा नेपाललाई सुरक्षा सूचीमा राखेको अवस्थामा पनि नेपाल वायुसेवा निगमको दुईवटै वाइडबडी जहाजहरू युरोपको इटालीस्थित नेपल्समा मर्मतसम्भार कार्य सम्पन्न भएका बताए । 

उक्त जहाजसहित निगमका चारवटै जहाजले निगमको अन्तर्राष्ट्रिय क्षेत्रहरूमा नियमित उडान गरेसँगै यात्रुलाई थप सेवा पुग्ने विश्वास गरिएको नेपाल वायुसेवा निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?