हाम्रो गाउँघरमा खेतबारीमा रोपिने खानेकुरा हो सखरखण्ड । यो हिउँदको समयमा फल्ने गर्छ । सखरखण्डलाई चोखो खानेकुरा मानेर धार्मिक कार्यहरू लगाउँदा पनि खाने गरिन्छ ।
स्वाद मिठो हुने सखरखण्ड पोषक तत्त्वको भण्डार पनि हो । सखरखण्ड स्वास्थ्यको लागि धेरै फाइदाजनक हुन्छ ।
–सखरखण्ड स्वादमा अलि गुलियो हुन्छ तर, यसको फाइबर सामग्री अधिक र ग्लाइसेमिक इन्डेक्स कम भएकाले मधुमेहका बिरामीहरूले पनि खान सक्छन् । सखरखण्ड खानाले तुरुन्तै रगतमा चिनीको मात्रा बढ्दैन र शरीरलाई ऊर्जा प्राप्त गर्न मद्दत गर्दछ ।
–सखरखण्डमा भरपुर फाइबर, भिटामिन ए, सी र बी ६ पाइन्छ । साथै, पोटासियम र म्यागनीज जस्ता खनिज पनि पाइन्छ । सखरखण्डबाट विभिन्न प्रकारका परिकारहरू पनि बनाइन्छ ।
–सखरखण्डले तौल घटाउनमा पनि मद्दत गर्दछ । तपाईँ यसलाई तौल घटाउने डाइटमा समावेश गर्न सक्नुहुन्छ । सखरखण्ड खानाले शरीरको रोग प्रतिरोधी क्षमता बलियो बनाउँछ । यसमा पाइने भिटामिन सी र ई ले तपाईँको छालालाई स्वस्थ राख्न र कोलेजनको उत्पादन बढाउन मद्दत गर्दछ ।
–चिसोको समयमा तपाईँले हरेक दिन एक सखरखण्ड खाँदा शरीरलाई आवश्यक भिटामिन र पोषक तत्त्वहरू प्राप्त हुनेछन् ।
–सखरखण्डमा एन्टीअक्सिडेन्ट राम्रो मात्रामा पाइन्छ, जसले छालालाई जवान राख्न मद्दत गर्दछ । यसले छालालाई फ्री–रेडिकल्सबाट हुने क्षति बाट जोगाउँछ ।
–सखरखण्डले धेरै पुराना रोगहरूलाई पनि सुधार गर्न मद्दत गर्दछ ।
–सखरखण्डमा भिटामिन ए राम्रो मात्रामा पाइन्छ, जुन आँखा स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । यसमा बीटा–क्यारोटिन पाइन्छ, जसले तनाव कम गर्न मद्दत गर्दछ । यो पाचन सुधार गर्न र रक्तचाप नियन्त्रण गर्न पनि लाभदायक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया