धूम्रपान स्वास्थ्यका लागी हानिकारक छ । यो कुरा हामी सबैलाई थाह छ । तरपनि यो गलत बानी हामी हटाउनतर्फ लाग्दैनौ । पछिल्लो पुस्ताहरूमा त झन् कलिला स्कुल,कलेज पढ्ने युवाहरू समेत यस्तो कुलतममा फस्न थालेका छन् ।
चुरोटको असरहरू
आजभोलि धूम्रपान गर्ने बानी युवामा बढी देखिन थालेको छ । चुरोटमा निकोटिन भन्ने रसायन हुन्छ, जसले दिमागलाई केही समयको लागि शान्ति दिन्छ । यही केही समयको शान्ति पछि कहिले लत बन्छ, थाहा पनि हुँदैन ।
यसको धुवाँले फोक्सोमा नराम्रो असर गर्छ, यहाँसम्म कि कपाल र छालालाई पनि नोक्सान गर्छ । जसले गर्दा कम उमेरमै अनुहारमा चाउरी र कपाल सेतो देखिन थाल्छ । यस्तै अन्य विविध स्वास्थ्य समस्याहरू हुन सक्छन् ।
चुरोटको लत छुटाउन यस्तो उपाय अपनाउनुहोस्
मरीच
मरीच एउटा यस्तो मसला हो, जसमा इसेन्सियल तेल हुन्छ । जसले धूम्रपानको लत छुटाउन तपाईँलाई पूर्ण सहयोग गर्न सक्छ । एउटा सुती कपडा लिनुहोस्, यसमा मरीचको तेलका केही थोपा हाल्नुहोस् । अब यसले आफ्नो छातीमा मालिस गर्नुहोस् । यो तरिकाले तपाईँको धूम्रपानको लत कम गर्न सक्छ । यसका साथै स्मूदी वा मोहीमा पनि मरीचको इसेन्सियल तेल मिसाएर पिउनुहोस् । यसले तपाईँको निकोटिनको लतलाई शान्त पार्नेछ ।
यदि घरेलु उपायहरू प्रभावकारी भएनन् भने आफ्नो डाक्टरसँग निकोटिन रिप्लेसमेन्ट चुइंगम, इनहेलर वा नाकमा छर्ने स्प्रे जस्ता उपचारहरूको बारेमा परामर्श लिनुहोस् । किनभने स्प्रे र इनहेलर केवल प्रेस्क्रिप्सनद्वारा उपलब्ध हुन्छ, त्यसैले स्वास्थ्य विशेषज्ञहरूसँग परामर्श लिनु महत्त्वपूर्ण छ । हरेक व्यक्तिमा फरक उपचार फरक तरिकाले गरिन्छ । यस्तो अवस्थामा डाक्टरले तपाईँको स्वास्थ्य र लतलाई मध्यनजर गर्दै समाधान दिनेछन् ।
धूम्रपान छाड्ने घरेलु उपाय
–वेला–वेला तलतल लागेमा लामो श्वास लिएर आफ्नो ध्यानलाई अन्यत्र मोड्ने कोसिस गर्नुहोस् ।
–तलतल बढी नै लाग्यो भने प्रशस्त पानी र फलफूलको जुस पिउनुहोस् ।
–आफूलाई सकेसम्म व्यस्त राख्नुहोस् । दिमाग एकोहोरो भएका वेला धूम्रपान गर्न मन लाग्ने भएकाले मन पर्ने गीत सुन्ने, पुस्तक पढ्ने वा अन्य फेभरेट कुरा गर्ने गर्नुहोस् ।
–लतलाई एकाएक त्याग्ने । भोलि वा पर्सि छोड्छु भनेर दिन हेरेर नबस्ने । यसो गरे कहिल्यै पनि धूम्रपान त्याग्न सकिन्न ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया