काठमाडौँ – पोर्चुगल युईएफए नेसन्स लिग अन्तर्गतको खेलमा क्रोएसियासँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा पोर्चुगल क्रोसियासँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
पोर्चुगलका लागि खेलको ३३औ मिनेटमा जोआओ फेलिक्सले शुरुवाती गोल गरेका थिए भने क्रोएसियाका लागि जोसका ग्भार्डिओलले खेलको ६५औँ मिनेटमा बराबरी गोल गरेका थिए ।
यस खेलमा पोर्चुगलले क्रिस्टियानो रोनाल्डो लगायत सिनियर खेलाडीलाई खेलाएको थिएन ।
यो जितपछि पोर्चुगल समूह एकमा शीर्ष स्थानमा रहँदै नेसन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । त्यस्तै क्रोएसिया भने दोस्रो हुँदै क्वाटरफाइनलमा पुगेको छ । क्रोएसियाको ६ खेलमा ८ अंक रहेको छ ।
त्यस्तै यस समूहबाट स्कटल्याण्ड ७ अंकसहित तेस्रो हुँदै रेलिगेसन प्लेअफ खेल्ने भएको छ भने पोल्याण्ड ४ अंकसहित चौथो हुँदै नेसन्स लिग बी मा रेलिगेट भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया