मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘भुजेल भाषाको साहित्य र सम्भाव्यताबारे विज्ञहरुको चासो

काठमाडौँ– ‘भुजेल भाषाको साहित्य र सम्भाव्यताबारे विज्ञहरुले चासो र चिन्ता व्यक्त गरेका छन् ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मातृभाषा साहित्य विभागले गरेको मातृभाषा साहित्यको १६औँ शृङ्खलाको ‘सिर्जना, संवाद र विमर्श’ मा साहित्यका विज्ञ तथा सर्जकहरुले यसबारे चासो सहित विमर्श गरेका थिए ।

कार्यक्रममा भुजेलभाषा अध्येता विशम प्हुगालद्वारा लिखितुभुजेल भाषाको साहित्य विषयक कार्यपत्र प्रस्तुतिमा परिचर्चा गरिएको थियो । प्रतिष्ठानका कुलपति भूपाल राईले नेपाल बहुभाषिक समुदाय रहेको देशका रुपमा लिँदै प्रतिष्ठानले मातृभाषाको जागरणका लागि मातृभाषा साहित्य शृङ्खला शुरु गरेको बताए ।

बहुभाषिक समुदायको जागरुकता र अभियानले मात्रै जनजातिको भूगोल, संस्कृति, इतिहास र सभ्यता जर्गेना हुन सक्ने धारणा उनले राखे । त्यस्तै प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख डा.कौशिला रिसालले मातृभाषा साहित्य शृङ्खला शुरु भएदेखि नै मातृभाषा साहित्यका सर्जकलाई बुझ्ने र अनुसन्धान गर्न सक्ने अवसर मिलेको सुनाइन् ।

कार्यक्रमका विभाग प्रमुख राजन मुकारुङले विभिन्न जनजातिले इतिहासमा भोगेका पीडा,उत्पीडन, उकालीओराली र आरोहअवरोहलाई बुझ्न मातृभाषा साहित्य शृङ्खला महत्त्वपूर्ण गाथा बनेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?