मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कम शो पाएको फिल्म ‘ह्रस्व दीर्घ’ लाई दर्शकको साथ, कस्तो गर्ला व्यापार?

काठमाडौँ– अभिनेत्री नीता ढुंगानाको फिल्म ‘ह्रस्व दीर्घ’ शुक्रवार र शनिवारबाट राम्रो व्यापार गरेको छ । नेपाली फिल्मतर्फ दर्शक ओइरिएका बेला प्रदर्शनमा आएको यो फिल्मले दर्शकबाट मिश्रित प्रतिक्रिया पाएको छ ।

निर्माण टिमले भने शुक्रवार र शनिवार फिल्मले राम्रो व्यापार गरेको र दर्शकबाट पनि सकारात्मक प्रतिक्रिया पाएको जानकारी दिएको छ ।

फिल्मका वितरक मनोज राठीका अनुसार फिल्मले शुक्रवार र शनिवार दुवै दिन राम्रो व्यापार गरेको छ भने आज पनि हलमा दर्शकको साथ पाएको छ । वितरक राठीले हलले पर्याप्त शो नदिँदा दर्शक टिकट नपाएर फर्किएको समेत दाबी गरेका छन् ।

यस्तै फिल्मकी निर्मात्री तथा अभिनेत्री नीता ढुङ्गानाले पनि उचित शो नपाएको गुनासो गरेकी छिन् ।

फिल्मका अभिनेता हरिहर अधिकारीले पनि यो फिल्मले काठमाडौँ उपत्यकामा मात्र नभएर नेपालका अन्य प्रमुख शहरमा पनि राम्रो व्यापार गरेको दाबी गरेका छन् । यो फिल्मको प्रचारका लागि हिन्दी फिल्म ‘गजनी’ मा अभिनय गरेका अभिनेता प्रदीप रावत पनि आज नेपाल आउने भएका छन् । यो फिल्ममा समेत उनले अभिनय गरेका छन् ।

नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । सिनेमामा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।

सिनेमालाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा करीब पाँच दर्जनभन्दा बढी नेपाली सिनेमामा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकीय डेव्यु नेपाली सिनेमा हो ।

अभिनेत्री निता ढुंगानाको लगानी निर्माण भएको यो सिनेमा नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा रिलिज हुनेछ । विजय वस्यालले पोस्टर डिजाइन गरेको सिनेमालाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।

यो सँगै नेपालका हलमा विजय बरालको अभिनय रहेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को पनि प्रदर्शन भइरहेको छ । यो फिल्मले एकपछि अर्को गर्दै रेकर्ड कायम गरेको छ भने हलमा फिल्म हेर्न आउने दर्शकको चाप पनि उत्तिकै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?