काठमाडौँ– फिल्म ‘ज्वाइँ साब’ अस्ट्रेलियाको सिड्नीमा रिलिज हुने तय भएको छ ।
निर्माण टिमका अनुसार नोभेम्बर २२ मा सिड्नीस्थित हस्टभिलस्थित सिभिक थिएटरमा फिल्मको रिलिज हुन लागेको हो । फिल्मलाई पाल्पा इन्टरटेनमेन्टले सिड्नीमा रिलिज गर्न लागेको जनाएकाे छ ।
जितु नेपाल र नीति शाहको शीर्ष भूमिका रहेको फिल्म नेपालमा गत असोज २४ गते रिलिज भएको थियो । फिल्ममा जितु, नीतिका साथै रमेश बुढाथोकी, बुद्धि तामाङ, प्रकाश घिमिरे, शिशिर वाङ्देल, निमा पाण्डे, राजेन्द्र नेपाली, हिमेश पन्त, शिवहरि वैरागी, कविता आले, शिवु पाण्डे, इशान राउत लगायतका कलाकारको अभिनय रहेको छ ।
वसन्त निरौला निर्देशित फिल्ममा सबिन अधिकारीको कथा, शंकर धितालको लेखन, श्याम तामाङको छायांकन र सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको छ ।
फिल्मलाई रेड आइ फिल्मसको ब्यानरमा निर्माण गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया