मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘ललितकला संवाद’मा मौलिक शिल्पकला तथा वास्तुकलाको चर्चा

काठमाडौँ– नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान वास्तुकला तथा अन्य सिर्जनात्मक(बहुआयामिक)कला विभागले गरेको ‘ललितकला संवाद’मा नेवारी मौलिक शिल्पकला तथा वातस्तकलाको चर्चा गरिएको छ ।

बुधवार कलाकार इन्द्रप्रसाद शिल्पकार र रविता शिल्पकारसँग गरिएको संवादमा दुवै कलाकारहरुले परम्परागत नेवारी वास्तुकलाअन्तर्गतको मौलिक शिल्पकलाको प्राविधिक र कलात्मक पक्ष निर्माण विषयमा जानकारी दिए ।

यी दुवै मौलिक शिल्पकलामा युनेस्कोले प्रदान गर्ने ‘रेकग्नाइजेसन फर सस्टेनबल डेभलपमेन्ट–२०२३’ अवार्डका विजेता हुन् ।

कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले ललितकलाभित्र मुख्य रूपमा ध्यानाकर्षण कम हुने वास्तुकला क्षेत्रप्रति प्रतिष्ठान र राज्यले ठोस कार्यक्रम ल्याउनुपर्ने बताए ।

प्रतिष्ठानका वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले शिल्पकार परिवारले वास्तुकलाको नमुनाका रूपमा बनाएको घर वास्तवमै नमुना रहेको बताइन् ।

उनले सङ्कटमा रहेको यो नेवारी शैलीको ज्ञानलाई आगामी पुस्तामा पुस्तान्तरण गर्दै शिल्पकार परिवारको वास्तुकला, काष्ठकला तथा नेपाली मौलिक वास्तुकलाको ज्ञानलाई संरक्षण, प्रवर्धन तथा प्रचार–प्रसार गर्न आवश्यक रहेको धारणा राखिन् ।

‘आगामी दिनमा हामी ओझेलमा परेका यस्ता विभिन्न कलाको क्षेत्रमा क्रियाशील तथा अग्रज कलाकारहरूलाई समेट्ने प्रयास गर्ने छौँ’, उनले भनिन् ।

प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, परम्परागत चित्रकला विभाग प्रमुख पाल्साङ्मो लामा, लोककला विभाग प्रमुख प्रदिप अधिकारी, समसामयिक चित्रकला विभाग प्रमुख संजय वान्तवा राई, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य त्रैलोक्यमान बनेपालीलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?