काठमाडौँ- इटहरीमा प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।
चन्द्रमा तेक्वान्दो डोजाङको आयोजनामा यही मंसिर २१ र २२ गते इटहरी रङ्गशालामा काेसी प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता हुने भएको हाे ।
प्रतियोगितामा कोसी प्रदेशका १२ जिल्लाका ५० भन्दा बढी डोजाङका ५ सय बढीकाे सहभागिता रहने चन्द्रमा तेक्वान्दो डोजाङका अध्यक्ष कुमार गुरुङले जानकारी दिएका छन् ।
करिब तीन लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद ५ हजार, तथा विजयी डाेजाङलाइ नगद १५ हजार सहित मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया