काठमाडौँ- युरोपेली नेसन्स कप अन्तर्गत गएराति भएको खेलको सुरुवातमै हंगेरीका प्रशिक्षक अस्वस्थ भएका छन् । अस्वस्थ भएर मैदानमा ढलेका हंगेरीका सहायक प्रशिक्षक आदम स्जालाइको शारीरिक अवस्था अहिले सामान्य रहेको छ । हंगेरी फुटबल संघले जारी गरेको विज्ञप्ति अनुसार प्रशिक्षक स्जालाइका आर्मस्ड्रम अस्पतालमा उपचार भएको हो ।
हंगेरीको बेन्चमा आएको समस्याका कारण ७ मिनेट खेल रोकिएको थियो । प्रशिक्षक घाइते भएर अस्पताल पठाएपछि खेल सुरु भएको थियो । उक्त खेलमा नेदरल्यान्ड्ससँग हंगेरी ४-० ले पराजित भयो। विजयी टोली नेदरल्यान्ड्स नेसन्स कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
नवौँ मिनेटमा ओआउ ओगार्टको पेनाल्टी गोलमा नेदरल्यान्ड्सले खेलमा अग्रता लिएको थियो । नेदरल्यान्ड्सले पाएको अर्को पेनाल्टीलाई कोडी गाप्कोले उपयोग गरे। डेन्जेल डुम्फ्राइजले तेस्रो गोल गरे भने टियोन कुप मेयरनसले अर्को गोल गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया