मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

डढेलोको खतराका कारण अस्ट्रेलियामा सहरहरू खाली गर्न आदेश

एजेन्सी– दक्षिणपूर्वी अस्ट्रेलियाली सहरका बासिन्दाहरूलाई सम्भावित डढेलो ९बुशफायर० को जोखिमका कारण वासस्थान खाली गर्न आदेश दिइएको छ ।

दक्षिणपूर्वी राज्य भिक्टोरियाका अधिकारीहरूले शनिबार अष्ट्रेलियाका पश्चिमी र दक्षिणपश्चिमी समुदायहरूका लागि आपतकालीन चेतावनी जारी गरेका छन् ।

अधिकारीहरूले चेतावनीमा जोखिम न्यूनिकरणको सुरक्षित विकल्प निकासी भएको उल्लेख गर्दै अवस्था धेरै बिग्रन सक्ने र यही बसेमा आपतकालीन सेवासमेत प्रवाह गर्न नसक्ने तथा गम्भीर चोटपटकसहित मृत्युको जोखिम हुन सक्ने जनाएका छन् ।

मौसम विज्ञान विभागले शनिबार दक्षिणी र पूर्वी अस्ट्रेलियाका धेरै भागमा विनाशकारी आगलागीको खतरा रहेको पूर्वानुमान गरेको छ । मेलबर्नबाट करिब एक सय किलोमिटर पश्चिममा रहेको सानो भिक्टोरियन सहर डेरेलमा लागेको आगोसँग लड्न २० वटा भन्दा बढी फायर ट्रकहरू तैनाथ गरिएको जनाइएको छ ।

अधिकारीहरूले शनिबार उत्तरपश्चिम भिक्टोरियामा आगो पूर्ण प्रतिबन्धको घोषणा गरी मुलुकभर सतर्कता अपनाउन सल्लाह दिएका छन् । भिक्टोरियाको धेरै भागमा भने भारी वर्षाको पूर्वानुमानका साथ आइतबार अवस्था सहज हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?