काठमाडौँ– झापाको कदम थिएटरमा नाटक प्रत्यन्चा(एकादेशको कथा) मञ्चन शुरु हुने भएको छ ।
रङ्गकर्मी सुमित्रा पेहिमले निर्देशन रहेको नाटक शुक्रबारदेखि मञ्चन हुने निर्माण टिमले जनाएको छ । नाटकलाई रङ्गकर्मी द्वय सिजन दाहाल र प्रकाश शर्मा अधिकारीले लेखका हुन ।
थिएटरको दोस्रो ब्याचका विद्यार्थीहरुले नाटकमा अभिनय गरेका छन् । नाटकमा तत्कालीन निरङ्कुश राज्यसत्ता, पितृसत्ता विरुद्ध गरेको सङ्घर्षको कथालाई प्रस्तुत गरिएको छ ।
मङ्सिर १२ गतेसम्म मञ्चन हुने नाटकमा कलाकारहरु रश्मि उप्रेती, पारुमा राई, मनिक शंकर, नरेन्द्र लिम्बू, बुङ् छेङ, मानुषी कोइराला, पूजन खरेल, बियल राई, हेमन्त पौडेल, अनिष्मा पौडेल, प्रवीण भण्डारी र पुष्प राईले अभिनय गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया