मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

समता घरेलु लघुवित्तको एफपीओ बाँडफाँड

काठमाडौँ– समता घरेलु लघुवित्तको थप शेयर निष्कासन (एफपीओ) बाँडफाँड भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आज शुक्रबार बिहान ९ बजे बाँडफाँड गरेको हो ।

लघुवित्तले कात्तिक १२ गतेदेखि २० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँमा ३ लाख ५० हजार ९०४ दशमलव २५ कित्ता एफपीओ बिक्रीमा ल्याएको थियो । जसमा ३५ हजार ९० जनालाई १० कित्ताका दरले एफपीओ परेको छ भने बाँकी ४ दशमलव २५ कित्ता ४ जनालाई बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।

लघुवित्तले सर्वसाधारणको हिस्सा ३० प्रतिशत पुर्‍याउन एफपीओ जारी गरेको थियो । एफपीओ पश्चात लघुवित्तको सर्वसाधारण शेयर हिस्सा ३० दशमलव ५२ प्रतिशत र संस्थापक हिस्सा ६९ दशमलव ४८ प्रतिशत पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?