काठमाडौँ- अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रोबर्ट एफ केनेडी (आरएफके) जुनियरलाई अमेरिकाको स्वास्थ्यमन्त्रीमा नियुक्त गरेका छन् ।
रोबर्ट एफ केनेडी जुनियरले पनि २०२४ को राष्ट्रपति चुनावमा आफ्नो स्वतन्त्र उम्मेदवारी प्रस्तुत गरेका थिए । तर पछि उनले ट्रम्पलाई समर्थन गरेका थिए । उनी कोभिड १९ का लागि प्रयोग भइरहेको खोपको विरोधीको रूपमा पनि चिनिन्छन् ।
रोबर्ट एफ केनेडी जुनियरले ट्रम्पलाई धन्यवाद दिँदै अमेरिकालाई फेरि स्वस्थ बनाउने जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया