काठमाडौँ – बिहिबार नेप्से परिसूचक करिब १४ अंकले बढेको छ । आज नेप्से १३.९५ अंकले बढेर २७४८.७८ विन्दुमा बन्द भएको छ ।
आज कुल ३२१ कम्पनीका २ करोड १६ लाख ६० हजार ६३९ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ३२ करोड ३ लाख बराबरको कारोबार भएको थियो ।
आज गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त र अपर हेवा खोलाको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी आज रावा इनर्जीको शेयर मुल्यमा सबैभन्दा बढी ९.१२ प्रतिशतको गिरावट देखिएको छ ।
त्यस्तै आज सबैभन्दा बढी जानकी फाइनान्सको ३५ करोड २४ लाख ९९ हजार बराबरको कारोबार भएको छ भने ग्रीनलाइफ हाइड्रोको सबै भन्दा बढी ७ लाख ३४ हजार ६९३ कित्ता शेयर कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया