मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

छालालाई स्वस्थ र मुलायम राख्न के गर्ने ?

पछिल्लो पुस्ताका अधिकांश महिलाहरु मेकअप गर्न रुचाउँछन् । कतिपय महिलाहरु त विना मेकअप घरबाट निस्कँदैनन् । हामी अनुहारलाई आकर्षक, मुलायम, चम्किलो बनाउन विभिन्न सौन्दर्य सामाग्री प्रयोग गर्छौं । तर सौन्दर्य प्रशाधनले प्राकृतिक सौन्दर्य दिँदैन । त्यसले क्षणिक रुपमा आकर्षक देखाउने मात्र हो ।

अनुहार तथा केसलाई सुन्दर र स्वस्थ राख्नका लागि खानपान, आनीबानी र दिनचर्यामा पनि ख्याल गर्नुपर्छ । एकहिसाबले मेकअपले सौन्दर्य त बढाउँछ नै तर यसका नकारात्मक पाटो साइडइफेक्टहरु पनि छन् । यसकारण मेकअप अघि र मेकअप गरेपश्चात् हामीले आफ्नो अनुहारको सरसफाई, हेरचाह गर्न आवश्यक छ ।

‘मेकअपको प्रयोग पछि अनुहारलाई दाग–धब्बा, डण्डिफोरहरुबाट कसरी बचाउने, हाम्रो छाला कसरी स्वस्थ राख्ने लगायतका सन्र्दभमा ब्युटिसियन गरिमा सिम्खडासँग जोय नेपालकर्मी सुस्मिता फुयाँलले गरेको कुराकानी:

मेकअप गरेपश्चात् अनुहारको छाला स्वस्थ राख्न के गर्ने ?

धेरै महिलाहरुलाई मेकअप गर्न मनपर्छ तर मेकअप गरिसकेपछि अनुहारमा डन्डीफोर आउने, छाला फुस्रो हुने, एलर्जी हुने समस्याले डर पैदा गरिरहेको हुन्छ । यसका लागि दिनहुँ स्किन केयर रुटिन अनिवार्य अपनाउनुपर्छ । मेकअपको कुरा गर्नुपर्दा कसैलाई कहिलेकाहीँ मात्रै लगाउन मन लाग्ला त कसैलाई हरेक दिन जरुरत पर्छ । अनुहारमा धेरै अनि विभिन्न केमिकलयुक्त कस्मेटिक प्रयोग गर्दै गर्दा विभिन्न प्रकारका समस्याहरु आउन सक्छन् । यस्तै कुनै चाडपर्व, कुनै फङ्सन तथा विवाहका बेला व्यस्तताले गर्दा मेकअप धेरै समयसम्म राख्ने गरिन्छ । यसो गर्नले अनुहार बिग्रने सम्भावना रहन्छ ।

मेकअप पश्चात् अनुहार स्वस्थ र सफा राख्ने उपायहरु के के छन् ?

मेकअप पश्चात् अनुहार स्वस्थ र सफा निम्न उपायहरु अपनाउनुपर्छ ।

हरेक दिन अनुहारलाई राम्रोसँग सफा गर्न जरुरी छ । विशेषगरी मेकअप गरिएको छाला त सुत्नु भन्दा अगाडि या आफ्नो काम सकिएपछि मज्जाले छालालाई सफा गरी टोनरले टोन गर्न जरुरी हुन्छ । मेकअप हटाउनका लागि रोज वाटरको पनि प्रयोग गर्न सकिन्छ ।

छालालाई मुलायम बनाउन र स्वस्थ राख्न अत्यावश्यक हुन्छ । यसका लागि हामीले कुनै पनि प्रकारको सिरम प्रयोग गर्न सक्छौं । यसले चायाँ, पोतो लगायत छालामा आउने विभिन्न प्रकारको समस्यालाई रोक्न सकिन्छ । छालामा कुनै पनि प्रकारको समस्या आउन नदिनका लागि छालाको प्रकृति अनुसार प्रोडक्ट छान्नुपर्ने हुन्छ ।

छालाको स्याहारका लागि ध्यान दिनुपर्ने थप कुराहरु के के छन् ?

समय अनुकुल महिना दिन भित्र फेसियल गर्ने गर्नुपर्छ । त्यस्तै घरमै फेस प्याक बनाएर फेसियल गर्न पनि सकिन्छ । छालाको स्याहारका लागि प्रशस्त मात्रामा पानी पिउनुपर्ने हुन्छ । चिल्लो, पिरो तथा मसालेदार खाना खानु हुँदैन । साथै मौसम अनुसारका सागसब्जी, तथा फलफूल प्रशस्त मात्रामा खाने गर्नुपर्छ भने थोरै समय भएपनि योग तथा व्यायाम गर्नुपर्छ । तनावमुक्त जीवनशैली अपनाउने र सधैं सकारात्मक सोचाइ राख्ने गर्दा पनि छालाको स्याहार गर्न सकिन्छ ।

छाला चम्किलो र स्वस्थ राख्न हाम्रो जीवनशैली कस्तो हुनुपर्छ ?

छालालाई स्वस्थ्य र मोस्चराइज राख्नका लागि फ्याटको जरुरी हुन्छ । त्यसैले यसबाट बच्नका लागि फ्याटी एसिडको रुपमा हरियो सब्जी, अन्डा, ओखर सेवन गर्नुपर्छ । यसैगरी अर्को भनेको राम्रो निन्द्राले हामीलाई दिनभरका लागि उर्जा मात्र दिँदैन, छालालाई ताजा राख्न पनि मद्दत गर्छ । स्किन रातमा रिजेनेरेट हुन्छ । त्यसैले हरेक रात कम्तिमा ८ घण्टा सुत्नैपर्छ । यदि तपाईंको पर्याप्त निन्द्रा पुगेन भने छाला बुढ्यौली हुने प्रक्रिया तिव्र हुन्छ ।

यस्तै हामी ठान्छौं, सन प्रोटेक्सन क्रिम भनेको केवल बाहिर हिँडडुल गर्दा घाममा लगाउने मात्र हो । तर बाहिर हिँडडुल नगरेको समयमा पनि सन प्रोटेक्सन क्रिम आवश्यक हुन्छ । यसले छालालाई स्वस्थ राख्न थप सहयोग पुग्छ । यदि हामी तनावमा रह्यौं भने त्यसको असर छालामा पनि पर्छ । यसले हाम्रो अनुहारको सौन्दर्य नष्ट गर्छ । त्यसैले तनावबाट सकेसम्म मुक्त रहनुहोस् । छालालाई स्वस्थ राख्नका लागि प्रदूषण भएको स्थानमा बस्न हुँदैन ।

चिसो मौसम लाग्दै गर्दा हामी प्रायः तातो पानीको प्रयोग गर्छौं । यसले छालामा कस्तो प्रभाव पार्छ ?

धेरै तातो पानीले पनि छालाको कोशिकालाई कमजोर बनाउँछ । यसले छाला रुखो हुन्छ । त्यसैले मन तातो पानीले नुहाउनु उपयुक्त हुन्छ । सम्भव भएसम्म चिसो पानी नै उत्तम र स्वस्थकर हुन्छ । तातो पानीले हाम्रो शरीरलाई चिसो पानी सरह स्वस्थ भने राख्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?