मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नागढुंगा–सिस्नेखोला सडक आजबाट आंशिक बन्द

काठमाडौँ – नागढुंगादेखि सिस्नेखोला सडकखण्ड आजबाट आंशिक रुपमा बन्द भएको छ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका अनुसार आगामी मंसिर ५ गतेसम्म दैनिक बिहान ११ देखि दिउँसो २ बजेसम्म सडक बन्द रहने भएको हो ।

धादिङतर्फ सुरुङको मुखमा स्लोप कटिङको काम गर्नुपर्ने भएकाले उक्त अवधिभर उक्त सडकखण्ड आंशिक रुपमा बन्द रहने आयोजनाले जानकारी दिएको छ ।

सुरुङ मार्ग अगाडिको सय मिटर क्षेत्रमा स्लोप कटिङको काम हुने भएकाले तोकिएको समयभरि २० मिनेट दुईतर्फी सडक बन्द रहने, फेरि २० मिनेट खोल्दै काम गरिने आयोजनाले बताएको छ ।

साथै आयोजनाले यसक्रममा सवारी साधन रोक्दा र चलाउदा लेन अनुशासन कायम राख्न अनुरोध गर्दै मिलेसम्म सो समयमा वैकल्पिक सडक प्रयोग गर्न पनि आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?