मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जनकपुरधामबाट अयोध्या तिलकमा २ सय ५१ जना जाने

जनकपुर– विश्व हिन्दु परिषद् नेपाल जनकपुरधामको नेतृत्वमा नागरिक समाजसहितको सहभागितामा मङ्सिर १ गते भारतको अयोध्या तिलक लैजाने निर्णय भएको छ ।

विश्व हिन्दु परिषद् धनुषाका अध्यक्ष सन्तोष साहको अध्यक्षतामा आज सम्पन्न बैठकले जनकपुरधामबाट मङ्सिर १ गते बिहान तिलक लिएर प्रस्थान गर्ने र रात्रि विश्राम बाराको गढीमाईमा गर्ने निर्णय गरेको उनले बताए ।

तिलक लिएर जाने समूह २ गते अयोध्या पुग्ने र ३ गते तिलकसहित जानकी मन्दिरको पत्र विश्व हिन्दु परिषद्का महासचिव राजेन्द्र सिंह पङ्कजको अगुवाइमा चम्पत रायलाई हस्तान्तरण गरिने बताइएको छ । विश्व हिन्दु परिषद्को सक्रियतामा विगत वर्ष झैँ यस वर्ष पनि सामूहिक विवाह हुने छ । 

छैठौंँ पटक हुन लागेको सामूहिक विवाहमा ५१ जोडी युवायुवतीको सहभागिता रहने छ । जनकपुरधामलाई धार्मिक पर्यटकीय नगरिका रुपमा विकासका लागि प्रचारप्रसार गरिने बताइएको छ ।

यसैबीच जनकपुरधाममा मङ्सिर २१ गते हुने विवाहपञ्चमी मेलाको धूमधामका साथ तयारी भइरहेको छ । त्यसका लागि मधेश प्रदेश सरकार, जनकपुरधाम उपमहानगरपालिका र जानकी मन्दिर व्यवस्थापन समितिले तयारी गरिरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?