काठमाडौँ – काठमाडौँ महानगरपालिकाले न्यूरोड क्षेत्रमा अव्यवस्थित बिजुलीका पोल तथा तारहरूलाई हटाउन सहजीकरण गरेको छ।
विद्युत् प्राधिकरणले न्यूरोड क्षेत्रमा बिजुलीको तार भूमिगत गरेपछि पोल र तारहरू हटाउन शुरू गरिएको हो ।
लामो समयको विवादपछि विस्तार गरिएको जुद्ध सालिक इन्द्रचोक फुटपाथको बीचमा रहेको बिजुलीको पोल र तार हटाउने कार्य अगाडि बढेको छ ।
फुटपाथ बढाइएका क्षेत्रमा विद्युत्को तार र केबल भूमिगत गरिएको । विद्युत् र इन्टरनेट सेवाका तारहरूलाई सो क्षेत्रमा भूमिगत गरिएसँगै आज महानगरले पोल र तार हटाउन प्राधिकरणलाई सहजीकरण गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया